लमजुङमा राति पहिरोले घर भत्किंदा एक जनाको मृत्यु

सेयर गर्नुहोस्

१२ असार, लमजुङ । लमजुङको दोर्दी गाउँपालिका-९ मा मंगलबार राति पहिरोले घर भत्किंदा १६ वर्षीय विकल सुनारको मृत्यु भएको छ । अर्का एक जना घाइते भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक मेघनाथ चपाईंका अनुसार १८ वर्षीय मिलन सुनार घाइते छन् ।

मृतक विकल र घाइते मिलन दाजुभाइ हुन् । दुवैजनालाई आज बिहान उपचारका लागि जिल्ला अस्पताल लमजुङ ल्याइएकामा विकलको उपचारकै क्रममा मृत्यु भएको हो । मिलनको सोही अस्पतालमा उपचार भइरहेको छ । यस्तै पहिरोका कारण लमजुङ(मनाङ जोड्ने बेँसीसहर-चामे सडक अवरुद्ध छ । बेंसीसहर नगरपालिका-६ खरकहरे भीरमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो । सडक अवरुद्ध हुँदा यात्रु बाटोमै अलपत्र परेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *