घनश्यामलाई सघाउने सहमति भएको छैन, अध्यक्षमा मेरो दाबी जारी छ : झलनाथ खनाल

सेयर गर्नुहोस्

१३ असार, काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टीको भावी नेतृत्वमा आफ्नो नाममा सहमति हुने दाबी गरेका छन्। आलोक नगरमा बसेको सचिवालय बैठकबाट बाहिरिने क्रममा आफ्नो नाममा सहमति हुन नपर्ने कुनै कारण नभएको बताए। उनले भने, ‘मेरो नाममा सहमति किन नहुँनु ? नहुनुपर्ने केही कारण छ ? ’ अध्यक्षबाट ब्याक भएर घनश्याम भुसाललाई सघाउने हिजोको भेटमा सहमति भएको हो रु भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनले भने, ‘होइन। मेरो दाबी जारी छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *