नेपाल–भारत सीमा क्षेत्रबाट १ हजार ५४८ किलो गाँजा बरामद

सेयर गर्नुहोस्

१३ असार, विराटनगर । मोरङमा नेपाल प्रहरीले नेपाल–भारत सीमा क्षेत्रबाट १ हजार ५४८ किलो गाँजा बरामद गरेको छ । धनपालथान गाउँपालिका–७ का राजकुमार सिंहको गोठबाट १ हजार ५ सय ४८ किलो गाँजा बरामद गरेको हो । प्रहरीले गोठधनी सिंहलाई पनि नियन्त्रणमा लिएको छ । गाँजा बरामद भएको स्थान नेपाल भारत सीमा नजिकै रहेको मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवराज कार्कीले जानकारी दिए ।

गोठमा लुकाएर राखेको अवस्थामा ४९ वटा बोराभित्र प्याक गरेर राखेको गाँजा फेला परेको उनले बताए । प्रहरीका अनुसार बरामद भएको गाँजा धनकुटाबाट पटकपटक गरी तस्करको समूहले ल्याएको थियो । उक्त गाँजा भारततर्फ निकासी गर्नका लागि सीमा क्षेत्र नजिकै राखेको प्रहरीको भनाइ छ । बरामद गाँजाको मूल्य २ करोड ३२ लाख हाराहारी रहेको प्रहरीले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *