कांग्रेसका नेता जितेन्द्र नारायण देवले गरे नेकपा एमाले प्रवेश

सेयर गर्नुहोस्

१७ असार, काठमाडौं । नेपाली कांग्रेसका नेता जितेन्द्र नारायण देव नेकपा एमाले प्रवेश गरेका छन् । एमाले पार्टी कार्यालय, च्यासलमा सोमबार आयोजित कार्यक्रममा देवसहितका नेताहरु एमालेमा प्रवेश गरेका हुन् । सप्तरीका देव लामो समय एमालेको राजनीतिमा थिए । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकबाट संविधानसभा सदस्य भए । विजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिक कांग्रेसमा विलय भएपछि उनी पनि साथमा गएका थिए । कांग्रेसबाट राष्ट्रियसभा सदस्य समेत भएका उनी २० फागुन २०८० मा उनको कार्यकाल सकिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *