५ वर्षीया नाबालिगलाई बलात्कार गरेको आरोपमा २५ बर्षिय युवक पक्राउ

सेयर गर्नुहोस्

१७ असार, वीरगन्ज । पर्सामा ५ वर्षीया नाबालिगलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । तीन दिन अगाडि दिदीको डेरामा बस्दै आएका २५ वर्षीय निरञ्जन मण्डलले त्यही घरमा बस्ने नाबालिगलाई बलात्कार गरेको प्रहरीले जनाएको हो ।

नाबालिगलाई बलात्कार गरेको आरोपमा वीरगन्ज महानगरपालिका– ३१ का निरञ्जन मण्डल पक्राउ परेको पर्सा प्रहरी प्रमुख कुमोध ढुंगेलले जानकारी दिए । ढुंगेलका अनुसार सोमबार बलात्कार भएको घटनाबारे उजुरी आएको जानकारी दिए । घटनाबारे अनुसन्धान भइरहेको र मुद्दा प्रक्रियामा अगाडि बढिसकेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *