केही निश्चित व्यक्तिलाई जोगाउन रातारात सत्ता समीकरणमा फेरबदल गर्न लागे: गृहमन्त्री लामिछाने

सेयर गर्नुहोस्

१८ असार, काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले निश्चित व्यक्तिलाई जोगाउन रातारात सत्ता समीकरणमा फेरबदल हुन लागेको बताएका छन् । मंगलबार राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०को पदाधिकारी बैठकपछि बोल्दै उनले यस्तो बताएका हुन् । लामिछानेले भने, ‘रातारात जे भएको छ, केही भन्नैपर्ने छैन, सबै स्पष्ट नै छ नि ।’

उनले भ्रष्टाचारको फाइल खुल्न थालेपछि ठूला दललाई एकाएक संविधान जोगाउनुपर्ने चिन्ता आएको बताए । लामिछानेले भने, ‘संविधान जोगाउन खोजेको की कसलाई जोगाउन खोजेको रु त्यति पनि बुझ्न सकिंदैन त ।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *