डेडिकेटेड र ट्रङ्क लाइनका बक्यौता एक रुपैयाँ पनि छुट हुदैन : प्रधानमन्त्री ओली

सेयर गर्नुहोस्

७ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विद्युत प्राधिकरणको डेडिकेटेड र ट्रङ्क लाइनका बक्यौता एक रुपैयाँ पनि नछाडि उठाउने बताएका छन् ।

प्रतिनिधि सभाको बिहीबारको बैठकमा सांसदको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले लाइन बन्द नगरी बक्यौता उठाइने स्पष्ट पारेका हुन् । विगतमा किन समयमा महसुल उठाइएन, किन लाइन काटियो र किन फेरि लाइड जोडियो भन्ने प्रश्न सम्बन्धित निकायसँग जोडिने भन्दै उनले सरकार र विधुत प्राधिकरणबीच कुनै मतभेद नभएको पनि स्पष्ट गरे ।

उनले यस विषयमा अहिले सामाजिक सञ्जाल र कतिपय मिडियामा आधारहीनप्रचार भइरहेको उल्लेख गर्दै विद्युत प्राधिकरणले महसुल उठाउन खोजेको र सरकारले मिनाहा गरेको भन्दै झुठो प्रचार गर्ने अभियान चलेकाले त्यस्ता प्रचार अर्थहीन भएको स्पष्ट गरे । उद्योग नै बन्द हुँदा बक्यौता उठ्ने आधार बन्द हुने र रोजगारी पनि बन्द हुने भएकाले बक्यौता उठाउन पनि उद्योग चल्नैपर्ने देखिएको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *