शंखमूलमा एक पुरुषको हत्या

सेयर गर्नुहोस्

१० भदौ, काठमाडौं । काठमाडौं महानगरपालिका-१०, शंखमूलमा एक पुरुषको हत्या भएको छ । आइतबार राति शंखमूलस्थित बुद्ध बिहार अगाडि पुल हाउसमा रुपक बान्तवाको हत्या भएको प्रहरीले जानकारी दिएको छ । बान्तवाको शरीरमा घाउचोटका निशान रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *