बीचमै झगडा गरेर फकाउन नआउनुहोला : प्रचण्ड

सेयर गर्नुहोस्

११ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धनका दलहरुलाई बीचमै झगडा गरेर फकाउन नआउन आग्रह गरेका छन् । उनले माओवादी अब सत्ताको खेलमा नभएको प्रस्ट पारेका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले माओवादी सरकारको चलखेलको प्रतिरोधमा रहने बताए ।

उनले भने, ‘माओवादी पार्टी होइन, आन्दोलन हो । आन्दोलनको पुनर्गठनमा हामी जुटेका छौं । त्यही पुनर्गठनको बलमा भोलि माओवादी एक्लैले सरकारको नेतृत्व गर्ने तहमा पार्टी बनाउँछौं । पहिला पनि बनाएका हौं । अब पनि बनाउँछौं, त्यो बेलासम्म तपाईंहरु मिलिराख्नुहोला । फेरि बीचैमा झगडा गरेर लौन प्रचण्डजी फकाउन र फुर्क्याउन चाहिँ नआइदिनुहोला ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *