पाँचथरमा विस्फोटक पदार्थ बाट बालबालिका घाइते र मृत्यु भएको घटना प्रति सिजपको ध्यानाकर्षण

सेयर गर्नुहोस्

१४ भदौ, काठमाडौं । पाँचथरको फालेलुङ गाउँपालिका–५ प्राङवुङको डाँडागाउँ टोलमा विस्फोटक पदार्थका कारण २ जना बालबालिकाको मृत्यु एवं २ जना घाइते भएको घटनाप्रति बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप) को गम्भीर ध्यानाकर्षण भएको छ । घाईते बालबालिकाको निशुल्क उपचार र शिघ्र स्वास्थ्य लाभको कामना गर्दै मृत्यु भएका बालबालिका प्रति श्रद्धाञ्जली व्यक्त गरेको छ । बालबालिका खेलिरहेका बेला घरको ‘लाछी’ बाट गोलो देखिने वस्तु घर पछाडि बलेसीमा झरेपछि एक बालकले चलाउन खोज्दा विस्फोट भएको थियो । उक्त विस्फोटक पदार्थलाई सुरक्षा निकायले ‘होममेड ग्रिनेट’ भएको अनुमान गरेको छ ।

सिजपको विज्ञप्तीमा उल्लेख गरिएको छ,  द्वन्द्वकालिन समयमा द्वन्द्वरत पक्षहरूले एकअर्कालाई लक्षित गरेर गाडिएको, मिल्काइएको वा बेवारिसे अवस्थामा छाडेर हिंडेका बिष्फोटक पदार्थ तथा बस्तुहरु द्वन्द्वको समयमा भन्दा पनि द्वन्द्व पछिको समयमा झन खतरनाक हुन्छन । सशस्त्र द्वन्द्व सकिएर देशमा शान्ति पुर्नस्थापना भएको १८ पुगिसकेको अवस्थामा पनि द्वन्द्वको अवशेषहरू बांकी रहनु दःखद कुरा हो । त्यसरी फ्याँकिएका बस्तुहरुबाट हुने सम्भाबित क्षति रोक्न Search, Trace and Dispose अभियान संचालन गर्न अनुरोध गर्दछौ ।

बालबालिकाको सुरक्षित तथा संरक्षित जीवन सुनिश्चितताको लागि नेपाल सरकार संवैधानिक, कानूनी, नीतिगत, संरचनागत तथा कार्यक्रमिक रुपमा प्रतिबद्ध रहेको नै छ । बालबालिका सम्बन्धी ऐन २०७५ ले बालबालिकाको सुरक्षा तथा संरक्षणका लागि उचित उपाय अवलम्बन गर्न स्थानीय तहलाई प्रोत्साहन गरेको छ ।

बालबालिकालाई भयरहित वातावरणमा खेल्न, हिड्न र विद्यालयमा स्वतन्त्र रुपमा पठनपाठन गर्नका लागि बालबालिका र बिधालय शान्तिक्षेत्र हुन् भन्ने मान्यतालाई आत्मसाथ गर्दै विभिन्न सरकारी निकाय, राजनीतिक दल, क्रियाशील राष्ट्रिय,अन्तर्राष्ट्रिय र स्थानीय नागरिक सघं संस्था, निजी क्षेत्र सम्बद्ध सबैमा बालबालिकाको संरक्षणलाई प्राथमिकतामा राख्न हार्दिक अनुरोध गर्दछौँ । यस घटनाको सन्दर्भमा विशेष छानविन गर्न र बालबालिकाको बाँच्न पाउने अधिकार, संरक्षित हुने अधिकार प्रति प्रतिबद्ध हुन साथै आगामि दिनहरुमा यस्ता धटना दोहोरीन नदिन सिजप सम्बन्धित सबैमा हार्दिक अपिल गर्दछ ।

यस्तो छ सिजपको विज्ञप्ती :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *