पाल्पामा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु

सेयर गर्नुहोस्

१७ भदौ, रामपुर। पाल्पाको रामपुर नगरपालिका–१० बर्दलेमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । कालीगण्डकी करिडोरअन्तर्गत रामपुरको बर्दलेबाट रामटारतर्फ जाँदै गरेको लु ४४ प २४३१ नम्बरको स्कुटर आज बिहान दुर्घटना हुँदा रामपुर–१० चालक ४० वर्षीय यमबहादुर खरु मगर गम्भीर घाइते भएका थिए ।

उनलाई उपचारका लागि रामपुर अस्पताल ल्याइएकामा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिए । स्कुटर अनियन्त्रित भइ सडक किनारको डिभाइडरमा ठोक्कीएको प्रहरीले जनाएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *