काठमाडौंका नदी किनारका बस्ती जोगाउनबारे छलफल गर्न एमाले नेताहरू खुमलटारमा

सेयर गर्नुहोस्

२० भदौ, काठमाडौं । नेकपा एमालेका नेताहरुले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन्। बिहिबार दिउँसो खुमलटार पुगेर एमाले बागमती प्रदेश इन्चार्जको नेतृत्वमा काठमाडौं जिल्लाका इन्चार्ज र पालिका इन्चार्जहरु, जिल्लाका अध्यक्षलगायत पदाधिकारीहरुको प्रतिनिधि मण्डल खुलमटार पुगेका हुन्। प्रचण्डलाई भेटेर नदि किनारका जमिन र बस्तीका विषयमा सर्वोच्च अदालतले गरेको फैसला र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले जारी गरेको परिपत्रको विषयमा छलफल गरेको एमाले नेता राजन भट्टराईले बताए। अदालतको फैसलाका कारण उत्पन्न समस्याका बिषयमा सरकार पुनरावलोकनमा जानपर्ने बिषयमा सहमति जनाउदै प्रचण्डले जनसरोकारका विषयमा माओवादीको समर्थन रहने प्रतिबद्धता रहेको जनाए। त्यसबारे आफ्नो दलबाट औपचारिक निर्णय गरेर सरकारले भ्याकेटमा जाँदा समर्थन जनाउने प्रचण्डले प्रतिबद्धता जनाएको उनले बताएका छन्।

भेटमा प्रचण्डले नदी किनाराका जग्गाका सम्बन्धमा देखिएको समस्या सम्बन्धी पार्टीको बैठक बसेर धारणा सार्वजनिक गर्ने जनाएको एमालेका नेता आनन्द पोखरेलले बताए। उनले भने, ‘उहाँले तपाईंहरुको र हाम्रो धारणा यो विषयमा उस्तैउस्तै छ। हामी पार्टीको बैठक बसिरहेका छौं। यो विषयमा छलफल गरेर बोल्छौं। उनले एमाले नेताहरुसँगको भेटमा बालेनले व्यवहारिक कुरालाई भन्दा लोकप्रियतालाई हेर्ने गरेको टिप्पणी गरेको पनि नेता पोखरेलले जनाए। उनले भने, ‘बालेनजीले राजनीतिक दलभन्दा फरक धारणा राख्नुहुन्छ। उहाँले व्यवहारिक कुरालाई भन्दा लोकप्रियतालाई हेर्नुहुन्छ भन्नुभयो।’

यो विषयलाई लिएर एमालेका नेताहरु नेपाली कांग्रेसका सभापति शेबहादुर देउवा निवासमा पनि पुगेका थिए। भेटमा देउवाले अदालतको फैसलाका कारण उत्पन्न समस्याका विषयमा सरकार पुनरावलोकनमा जानपर्ने विषयमा सहमति जनाउँदै कानून मन्त्रीलाई छिटो भन्दा छिटो पुनरावलोकनमा जानका लागि आवश्यक पहल लिन निर्देशन दिएका थिए। अदालतको आदेशअनुसार काठमाडौंको नदी, खोला र राजकुलो समेत दायाँबायाँ २०र२० मिटर छाड्नुपर्दा दशौं हजार घरपरिवार बिस्थापित हुने र पशुपति नाथ मन्दिर पनि सार्नुपर्ने अवस्था आउने भएपछि एमालेका नेताहरु त्यसलाई जोगाउने पक्षमा जुटेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *