संविधान सही भए पनि कार्यान्वयनमा सन्तुष्टि हुने ठाउँ रहेनः महामन्त्री शर्मा

सेयर गर्नुहोस्

०२ असोज,काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री विश्व प्रकाश शर्माले  संविधान सही भए पनि कार्यान्वयनमा सन्तुष्टि हुने ठाउँ नरहेको बताए ।

संविधान दिवसको सन्दर्भमा  कुरा गर्दै ‘संवैधानिक राष्ट्रपति र संसदबाट निर्वाचित हुने प्रधानमन्त्री र प्रदेशमा जुनखालको व्यवस्था छ, त्यो बिल्कुल सही छ । समस्या यसमा छैन,’ महामन्त्री शर्माले भने, ‘समस्या चाहिँ त्यो चयन गर्दा बहुमत जुटाउने खालको पद्धतिको खोजी के हो ? त्यसमा जान जरुरी छ । बहुमत प्राप्त भएको संसदीय दलको नेताले मुलुकको नेतृत्व ५ वर्ष नै गर्न पाउनुपर्छ । संवैधानिक रुपमा राष्ट्रपति र संसदबाट आउने प्रधानमन्त्रीको पद्धतिलाई कायम राखेरै बलियो सरकारको सन्दर्भमा जान सकिन्छ । जानसक्ने विधि खोजी गर्नुपर्ने ” बताए ।

उनले प्रतिनिधि सभामा सर्वाधिक मत ल्याउने दलको नेतालाई पाँच वर्षसम्म प्रधानमन्त्री भएर सरकार चलाउन दिनुपर्ने र गैरराजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउपर्ने पनि बताए ।

‘संविधान संशोधन गर्दैगर्दा मेरो सबैभन्दा केमा जोड हुनेवाला छ भने कसरी यो देशको प्रधानमन्त्री लगातार पाँच वर्षसम्म टिकाउन सक्ने विधि खोज्न सक्छौँ । त्यो बारेमा मसँग कतिपय कन्सेप्टहरु पनि छन् । त्यो कुरालाई यथासमयमा राखौँला । तर संविधान संशोधन गर्दै गर्दा स्थिर सरकारको परिकल्पना बनाउने गरी जानुपर्छ । त्यसमा संरचनागत केही हेरफेरहरु जरुरी छन् । तर समग्रतामा यो प्रणालीले नै त्यसको दोष बोक्नुपर्छ भन्ने कुरा चाहिँ होइन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *