पाँचौं मिस्टर काठमाडौं प्रकाश राईको निधन

सेयर गर्नुहोस्

०२असोज, काठमाडौं-पाँचौं खुला मिस्टर काठमाडौं शारीरिक सुगठन प्रतियोगिताका विजेता प्रकाश राईको निधन भएको छ।

मोरङ पथरी शनिश्चरे नगरपालिका-१ स्थित घर भएका उनी ‘फोनिक्स फिटशाला’ बाट सहभागी हुन काठमाडौं आएका थिए। शनिबार काठमाडौंको दशरथ रंगशालास्थित कभर्ड हलमा सम्पन्न भएको प्रतियोगितामा राई विजेता भएका थिए।

राई टोखा नगरपालिका-६ स्थित ग्रिनल्यान्ड होटलमा बस्दै आएका थिए। बुधबार बिहान ६ बजेतिर उनी एक्कासि लडेका थिए।त्यसपछि उनलाई तत्कालै नजिकैको ग्रान्डी अस्पताल लगिएको थियो। त्यहाँ उपचारको क्रममा पौने ७ बजे चिकित्सकले मृत घोषणा गरेका थिए।

उनको मृत्युको कारण खुलिनसकेको प्रहरीले जनाएको छ। प्रहरी वृत्त महाराजगन्जले घटनाबारे थप प्रक्रिया अघि बढाएको छ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *