एभरेष्ट वुमन्स भलिबल लिग (इडब्लुभिएल) २०२४ आजदेखि सुरु हुँदै

सेयर गर्नुहोस्

१४ असोज, काठमाडौं । नेपालको पहिलो फ्रेन्चाइज भलिबल प्रतियोगिता एभरेष्ट वुमन्स भलिबल लिग (इडब्लुभिएल) २०२४ आजदेखि सुरु हुँदैछ ।इन्फिनिटी ड्रिम्सको आयोजनामा असोज १९ गतेसम्म त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहलमा सञ्चालन हुने प्रतियोगितामा ६ फ्रेन्चाइज टोली सहभागी छन् ।मधेश युनाइटेड, काठमाडौं स्पाइकर्स, ललितपुर क्विन्स, चितवन शक्ति, गण्डकी थण्डर्स र कर्णाली यस्विस गरी ६ फ्रेन्चाईज टिमले प्रथिस्पर्धा गर्न लागेका हुन् ।

उद्घाटन खेलमा उपत्यकाका दुई टिम काठमाडौं स्पाइकर्स र ललितपुर क्विन्सबीच प्रतिस्पर्धा हुनेछ । यो खेल दिउँसो ३:४५ बजे सुरु हुनेछ । त्यसअघि दिउँसो साढे २ बजे उद्घाटन समारोह हुनेछ । आजै साँज ५ : ४५ बजे मधेश युनाइटेड र कर्णाली यस्विस तथा बेलुका ७ : ४५ बजे चितवन शक्ति र गण्डकी थण्डर्सबीच खेल हुनेछ ।फ्रेन्चाइज लिगको मुख्य विशेषता भनेको यसमा सबैले नाम चलेका चर्चित खेलाडीहरू टिममा राख्छन् । यसपटक सहभागी ६ वटै टोलीले ३-३ विदेशी खेलाडी टिममा राखेका छन् । जसले गर्दा लिगको चर्चा नेपालदेखि विदेशसम्म पनि उत्तिकै छ ।हरेक टोलीमा १२ खेलाडी हुनेछ । जसमा हरेक टोलीले ट्यालेन्ट हन्टबाट १-१ खेलाडी टिममा समावेश गरेका छन् ।६ टिममा गरेर कुल १८ विदेशी खेलाडीले पहिलो संस्करणको एभरेष्ट महिला लिग खेल्दैछन् ।खेलाडीहरूको वर्गीकरणसहित निश्चित रकममा खेलाडीलाई टिमहरुले अनुबन्ध गरेका छन् । जसले गर्दा प्रत्येक खेलाडीले निश्चित रकम पाउनेछन्।

यसअघि घरेलु प्रतियोगितामा विभागीय टोलीहरू र अन्य क्लबबीच खेल हुन्थ्यो । जसमा केही टिमले भारतीय खेलाडी ल्याएका थिए । तर, यसपटक भने लिगको नियम अनुसार खेलाडीहरुलाई ड्राप्टमार्फत टिममा समावेश गरिएको छ । हरेक टिममा एक-एक मार्की प्लेअर छन् । लगभग सबै टिमको मार्की प्लेअर नै कप्तानको रुपमा छन् । यसमा विदेशी खेलाडी थपिएका छन् । अमेरिका, रसियादेखि भारत थाइल्याण्डसमम्का खेलाडी लिग खेल्न नेपाल आएका छन् ।त्यसैले पनि सहभागी टोली कप्तान र प्रशिक्षक उत्साहित छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *