माघमा कोशी प्रदेशले लगानी सम्मेलन गर्ने

सेयर गर्नुहोस्

१४ असोज,काठमाडौं-प्रदेशमा लगानीको वातावरण सिर्जना गर्न र कोशी प्रदेशमा औधोगिक वातावरण बनेको सन्देश दिन माघ ११, १२ र १३ गते प्रदेशले लगानी सम्मेलन गर्ने भएको हो ।कोशी प्रदेश सरकारको मन्त्रीपरिषद बैठकले सम्मेलनको अवधारणा पारित गर्दै मिति तय गरेको हो ।

प्रदेश सरकारको चालू आर्थिक वर्षको बजेटमा पनि लगानी सम्मेलन गर्ने शीर्षक करिब ३ करोड रुपैयाँ बजेट छुटयाएको छ । प्रदेश लगानी प्राधिकरणले सम्मेलनका लागि समन्वय, सहजीकरण र लगानीको क्षेत्रहरू तय गर्ने छ ।

लगानी सम्मेलननका लागि नेपाल, भारत र तेस्रो मुलुकका लगानीकर्ताहरूलाई आमन्त्रण गरिनेछ । सम्मेलनका लागि प्रदेशले गर्नुपर्ने कानुन संशोधन तत्कालै गर्ने तयारी सरकारको छ ।

पीपीपी मोडलमा निजी क्षेत्रलाई प्रदेश विकासमा अधिकतम रूपमा संलग्न गराउने लक्ष्यसहित लगानी सम्मेलन आयोजना गर्न लागिएको मुख्यमन्त्रीका आर्थिक सल्लाहकार मोहन सुवेदीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *