होटलमा अनुगमन नहुने सहमति सञ्चारमाध्यमबाट सार्वजनिक भएसँगै विभागको अनुगमन आक्रामकःएभरेस्ट र बसेरालाई तीन-तीन लाख रुपैयाँ जरिबाना

सेयर गर्नुहोस्

१५ असोज, काठमाडौं । होटल एभरेस्ट र बुटिक होटल बसेरालाई सरकारले तीन-तीन लाख रुपैयाँ जरिबाना तिराएको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक राजन पौडेलका अनुसार नयाँ बानेश्वरस्थित एभरेस्ट होटलको अनुगमनका क्रममा किचनमा म्याद गुज्रेका  सामान फेला परेको छ ।

बबरमहलस्थित बसेरा होटलको अनुगमन गर्दा अधिकतम् खुद्रामूल्य (एमआरपी)  भन्दा बढी मूल्यमा पानी बिक्री गरिरहेको फेला परेको हो ।दुवै होटलले उपभोक्ता हित विपरीत व्यवसाय गरिरहेको भेटिएपछि नगद जरिबाना तिराइएको विभागको भनाइ छ ।केही दिनअगाडि होटल संघ नेपाल (हान) ले विभागबाट होटलमा अनुगमन नहुने सहमति सरकारसँग भएको व्यहोराको परिपत्र आफू मातहतका ३ सयभन्दा धेरै होटलमा पठाएको थियो । सो परिपत्र सञ्चारमाध्यमबाट सार्वजनिक भएसँगै विभागले आक्रामक अनुगमन बढाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *