“डुंगा नहुँदा ललितपुरमा उद्धारमा समस्या भयो” मेयर महर्जन

सेयर गर्नुहोस्

ललितपुर महानगरपालिकाका  मेयर चिरीबाबु महर्जनले डुंगा नहुँदा उद्धारमा समस्या भएको बताए।

सिंहदरबारमा स्वास्थ्य तथा जनसंख्या मन्त्री र खानेपानी मन्त्रीसँगको छलफलका क्रममा ललितपुर महानगरका मेयर महर्जनले डुंगा नहुँदा उद्धार गर्न  समस्या भएकोले अब महानगरले नै डुंगा किन्ने बताएका हुन्।

हालैको बाढी र डुबानमा डुंगा नहुँदा धेरैको उद्धारमा समस्या परेको उनले बताए। ‘अब पाँच वटा डुंगा किन्छौं,’ उनले भने। आगामी दिनमा उद्धार र राहत कार्यमा समस्या हुन नदिन डुंगा किनेर राख्ने उनको भनाइ छ।डुंगा नभएर साह्रै दुःख पायौँ, त्यसको निमित्त चाहिने किसिमको व्यवस्थापन हामी गर्छौं,’ उनले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *