सिङ्गापुरका पूर्व यातायातमन्त्री एस ईश्वरनलाई गैरकानुनी रुपमा उपहार स्वीकार गरेको अभियोगमा  जेल सजाय

सेयर गर्नुहोस्

१७ असोज काठमाडौं– सिङ्गापुरका एक पूर्वमन्त्रीलाई न्यायमा बाधा पुर्‍याएको र गैरकानुनी रुपमा उपहार स्वीकार गरेको अभियोगमा बिहीबार एक वर्षको जेल सजाय सुनाइएको छ ।

फर्मुला वनलाई सिङ्गापुरमा ल्याउन मद्दत गर्ने पूर्व यातायातमन्त्री एस ईश्वरनलाई यस वर्ष ३५ वटा आरोप लगाइएको थियो । विश्वको सबैभन्दा कम भ्रष्टाचार हुने देशमध्येको एक देशको रूपमा चिनिएको सिङ्गापुरमा मन्त्रीमाथि नै सो आरोप लागेको हो । 

तीन लाख अमेरिकी डलरभन्दा बढी मूल्यका उपहार स्वीकार्नेजस्ता आरोपबारे औपचारिक रूपमा सूचित भएपछि ईश्वरनले जनवरीमा राजीनामा दिएका थिए । उनले राजीनामा पत्रमा अदालतमा आफुमासथको आरोपबारे सफाइ दिने बताएका थिए ।

ईश्वरनले सरकारलाई करिब दुई लाख ९५ हजार अमेरिकी डलर नगद, ब्रोम्पटन साइकललगायतका उपहार समेत फिर्ता दिइएको महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ ।

ईश्वरनले सिंगापुरका धनाढ्य होटल व्यवसायी ओङ बेङ सेङको खर्चमा एक बिजनेस क्लासको उडानको अनुसन्धान गर्न सिंगापुरका अधिकारीहरूलाई रोक्ने प्रयाससँग सम्बन्धित मुद्दामा बाधा पुर्‍याएको आरोप लगाइएको छ। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *