पूर्वराजा ज्ञानेन्द्र शाहलाई ‘रेड कार्पेट’सहित स्वागत

सेयर गर्नुहोस्

 १७ असोज,काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाह परिवारसहित बिहीबार भुटानको राजधानी थिम्पु पुगेका छन् ।बिहीबार बिहान ड्रुक एयरलाइन्सको विमानबाट थिम्पु प्रस्थान गरेका उनलाई पारो विमानस्थलमा विशेष स्वागत गरिएको छ ।विमानस्थलमा पूर्वराजा र उनको परिवारलाई ‘रेड कार्पेट’सहित स्वागत गरिएको हो ।

भुटानी राजपरिवारको निमन्त्रणामा उनी भुटान भ्रमणमा पुगेका हुन् । शाहका साथमा छोरी प्रेरणा र भतिजी सिताष्मा पनि छन्।पूर्वरानी कोमल शाह र पूर्वयुराज्ञी हिमानी शाह भने यो भ्रमणमा सहभागी छैनन् । पूर्वराजा शाह आगामी आइतबार स्वदेश फर्किने तालिका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *