काभ्रेका बाढी प्रभावित तीन स्थानीय तहलाई काठमाडौं महानगरले अनुदान पठाउने

सेयर गर्नुहोस्

१८ असोज, काठमाडौं– काभ्रेपलाञ्चोकका बाढी प्रभावित तीन स्थानीय तहलाई काठमाडौं महानगरपालिकाले २०/२० लाख रुपैयाँ अनुदान पठाउने भएको छ ।

महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा आज बसेको महानगर विपद् व्यवस्थापन समितिको बैठकले पालिकाहरूको कोषमा सहयोग रकम उपलब्ध गराउने निर्णय गरेको हो ।यसरी सहयोग प्रदान गरिने पालिकाहरूमा पनौती नगरपालिका, रोशी गाउँपालिका र वेथानचोक गाउँपालिका छन् ।

पालिकाहरूबाट सहयोगको माग भएपछि विपद् व्यवस्थापन समितिमा छलफल गरेर सहयोगका सिफारिस गरेर महानगर विपद् व्यवस्थापन समितिमा पठाइएको समितिका संयोजक प्रेम थापाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *