इलाम जिल्लालाई संकटग्रस्त जिल्ला घोषणा गर्न सांसद सुहाङ नेम्वाङको माग

सेयर गर्नुहोस्

२२ असोज,काठमाडौं – इलाम २ का संघीय सांसद सुहाङ नेम्वाङले इलाम जिल्लालाई संकटग्रस्त जिल्ला घोषणा गर्न माग गरेका छन् । बाढीपहिरोबाट इलामले गम्भीर संकट भोगिरहेको भन्दै उनले संकटग्रस्त जिल्ला घोषणाको लागि सरकारको ध्यानाकर्षण गराए ।

सांसद नेम्वाङका अनुसार इलाम सदरमुकामसहित ग्रामीण क्षेत्रमा समेत दैनिक उपभोग्यवस्तु, खानेपानी, पेट्रोलियम पदार्थको अभाव भएको छ ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘गत १७ असोजमा गएको बाढीपहिरोको कारण मेची क्षेत्रको ‘लाइफ लाइन’ मेची राजमार्ग अन्तर्गत इलामको राजदुवाली खण्ड क्षतिग्रस्त छ । इलाम अस्तव्यस्त छ ।’

नेम्वाङले इलामलाई संकटग्रस्त जिल्ला घोषणाका लागि गृहमन्त्री रमेश लेखकको ध्यानाकर्षण गराएको बताएका छन् । नेम्वाङले गृहका अधिकारीसँग पनि संवाद गरेको जानकारी दिएका छन् ।मेरो अनुरोध/माग छ, ‘इलामलाई तत्काल संकटग्रस्त जिल्ला वा इलामका प्रभावित क्षेत्रहरूलाई संकटग्रस्त क्षेत्र घोषणा गरेर तदअनुरुप हुने आवश्यक पहलकदमी लिइयोस् ।’

इलाम सदरमुकाम लगायतका माथिल्लो भेगमा सडकको कारण नाकाबन्दीको जस्तै अवस्था रहेको भन्दै नेम्वाङले तत्काल संकटग्रस्त जिल्ला वा क्षेत्र घोषणाका लागि माग गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *