“सानेपामा जग्गा खरिद र भवन निर्माणमा कांग्रेसका सदस्यहरूको मन, अपनत्व र स्वामित्व रहेको छ” महामन्त्री शर्मा

सेयर गर्नुहोस्

३० असोज,काठमाडौं-नेकपा (एमाले) ले पार्टी केन्द्रीय कार्यालय भवन बनाउन कीर्तिपुरमा १० रोपनी १४ आना जग्गा भाटभटेनी सञ्चालक मीनबहादुर गुरूङबाट दानमार्फत लिएपछि एमालेभित्र र बाहिर पनि यसबारे आलोचना भइरहेको छ।

सोही प्रसंगमा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भनेका छन्, ‘हाम्रो केन्द्रीय कार्यालय हामीले बनाएका हौं। कयौं व्यवसायीको स-सानो धन पनि यो निर्माणमा सरिक छ तर मुलत: यसमा पार्टी सदस्यहरूको मन जोडिएको छ।’ शर्माले पार्टीका क्रियाशील सदस्यहरूले बुझाएको सदस्यता शुल्कबाट केन्द्रीय कार्यालय बनाइएको बताएका छन्।सानेपामा जग्गा खरिद र भवन निर्माणमा कांग्रेसका सदस्यहरूको मन, अपनत्व र स्वामित्व रहेको उनी बताउँछन्।

उनले पार्टी कार्यालयमा श्रमिक, किसान र सयौं शुभचिन्तक र समर्थकको अपनत्व र स्वामित्व रहेको पनि बताएका छन्। ‘त्यसबेला चार लाख बढी क्रियाशील सदस्यको सदस्यता रकम (लेबी) यसमा प्रयोग भएको छ,’ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *