एक सातामा थपिए झन्डै दुई हजार डेंगी संक्रमित

सेयर गर्नुहोस्

३० असोज,काठमाडौं-एक सातामा देशभर झन्डै दुई हजार डेंगी संक्रमित थपिएका छन्। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको विवरणअनुसार असोज २२ गते यता देशभर १ हजार ९९७ जना डेंगी संक्रमित थपिएका हुन्। योसँगै डेंगी संक्रमितको कुल संख्या १९ हजार ५९९ पुगेको महाशाखाको विवरणमा उल्लेख छ।

यसपालि असोजसम्म डेंगी संक्रमणकै कारण ९ जनाको मृत्यु भएको पनि महाशाखाले अद्यावधिक गरेको तथ्यांकमा उल्लेख छ।असोज २२ गते देशभर डेंगी संक्रमितको संख्या १७ हजार ६०२ थियो। एक सातामा  संक्रमितको संख्या ह्वात्तै बढेपछि अस्पतालहरूमा बिरामीको भिड बढेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *