“संसद्को आगामी अधिवेशनमा नयाँ प्रहरी ऐन निर्माण हुन्छ”-गृहमन्त्री लेखक

सेयर गर्नुहोस्

१ कार्तिक, काठमाडौं- गृहमन्त्री रमेश लेखकले संसद्को आगामी अधिवेशनमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको नयाँ ऐन निर्माण हुने बताएका छन् ।

प्रहरी दिवसको अवसरमा बुधबार प्रहरी प्रधान कार्यालय, नक्सालमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै लेखकले भने, ‘प्रहरी ऐन २०१२ मा बनेको थियो । त्यसयता पटकपटक संशोधन गरेर चलाउने काम गर्‍यौं । अहिले सरकारले प्रहरी र सशस्त्र प्रहरीको कानूनलाई समसायिक रुपमा संशोधन गरेर नयाँ कानूनलाई निर्माणलाई प्राथमिकता दिएको छ ।’

उनले प्रहरी र सशस्त्र प्रहरीको कानून निर्माणका लागि विधेयक अघि बढिसकेको बताउँदै संसद्को आगामी अधिवेशनबाट दुवै कानून निर्माण हुने बताए । ‘संगठन सदृढ गर्न पुराना कानूनलाई प्रतिस्थापन गरेर नयाँ कानून बनाइनेछ’, उनले भने, ‘त्यसले नेपाल प्रहरीको वृहत्तर हित, संगठनका जिम्मेवारी र कर्तव्यका नयाँ आयामहरु स्थापित गर्नेछ ।

‘नयाँ ऐन ल्याएसँगै नेपाल प्रहरीलाई उच्चतम प्रविधिकसहित उच्च व्यवसायिक संस्थाका रुपमा विकास गरिने उनले बताए । ‘नेपाल प्रहरीमा काम गर्नेलाई गर्वका साथ उत्कृष्ट संगठनमा काम गरिरहेको छु भन्ने महसुस बनाउने अवस्था बनाइनेछ’, उनले भने ।

सरकारले नेपाल प्रहरीलाई साधन, स्रोतले सम्पन्न बनाउने कार्यलाई प्राथमिकता दिएको भन्दै उनले प्रहरीको हितका लागि विभिन्न कल्याणकारी कार्यक्रम ल्याउन समेत लागि परिरहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *