बाढीपहिरोमा परी  काभ्रे  जिल्लामा ७८ जनाको ज्यान गएको विवरण सार्वजनिक

सेयर गर्नुहोस्

१ असोज, काठमाडौं-: गत असोज ११ र १२ गतेको अविरल वर्षासँगै आएको बाढीपहिरोमा परी  काभ्रे  जिल्लामा ७८ जनाको ज्यान गएको छ भने छ जना अझै बेपत्ता छन्।धेरै दिनसम्म खोजी गर्दा पनि फेला नपरेपछि खोजी स्थगित गरिएको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ।

बेपत्ताको खोजतलास गरिए पनि फेला पर्न नसकेको जिल्ला प्रहरी प्रमुख वसुन्धरा खड्काले बताइन्। उनका अनुसार बाढीपहिरोमा परी ७५ जना घाइते भएका थिए।

बाढीपहिरोमा मृत्यु हुनेमा सबैभन्दा बढी पनौती नगरपालिकाका १८ जना छन्। रोशी गाउँपालिकाका १३, तेमालका १२, बेथान्चोकका १२, मण्डनदेउपुर र नमोबुद्ध नगरका सात/सात तथा बनेपा र भुम्लुका तीन/तीनजनाले ज्यान गुमाए।

धुलिखेल नगरपालिकाका दुई र चौँरीदेउरालीका एक जनाले बाढीपहिरोमा ज्यान गुमाए। काभ्रेपलाञ्चोकको १३ स्थानीय तहमध्ये पाँचखाल, खानीखोला र महाभारतमा भने मानवीय क्षति हुन पाएन।

काभ्रेपलाञ्चोकमा बाढीपहिरोमा परी ३३ महिला, २९ पुरुष, नौ बालक र सात बालिकाको मृत्यु भएको छ। यसमध्ये २१ विद्यार्थी हुन्।सरकारले बाढीपहिरोमा मृतक परिवारलाई तत्काल उपलब्ध गराउने दुई लाख जिल्ला प्रशासन कार्यालयमार्फत प्रदान गरिसकिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *