भारतीय सर्वोच्च अदातलद्धारा‘न्याय’को प्रतीक परिमार्जन

सेयर गर्नुहोस्

एउटा हातमा तराजु, अर्को हातमा तरबार र आँखामा कालोपट्टी बाँधेकी महिलाको विम्बलाई  ‘न्याय’ प्रतीकका रुपमा विश्वभर नै स्वीकारिने गरिन्छ। आँखामा बाँधेको पट्टीले कानुनको अगाडि सबै समान छन् भन्ने अर्थ दिन्छ। यसले न्यायलाई सम्पत्ति, शक्ति वा प्रतिष्ठाको आधारमा नभई निष्पक्ष रूपमा प्रदान गर्नुपर्ने मान्यता बोक्छ।कानुनले अन्धो भएर व्यवाहार गर्छ भनिथ्यो। त्यस्तै एउटा हातमा भएको तराजुले न्याय दिँदा कतैपट्टि पनि नढल्की सन्तुलित रुपमा दिनुपर्छ भन्ने अर्थ दिँदै आएको छ भने अर्को हातमा भएको तरवारले कानुनको शक्ति चित्रित गर्दछ। तर भारतीय सर्वोच्च अदातलले ‘न्याय’को प्रतीकलाई परिमार्जन गरेको छ।

भारतीय सर्वोच्च अदालतको पुस्तकालयमा हालसालै प्रतिस्थापन गरिएको नयाँ प्रतिमामा महिलाको आँखाबाट कालो पट्टी हटाइएको छ। त्यस्तै हातमा रहेको तरबारलाई संविधानले प्रतिस्थापन गरिएको छ। प्रतिमाले ‘न्याय’को मान्यतालाई परिमार्जन गरेको दाबी गरिएको छ।

नयाँ प्रतिमाले अब भारतमा कानुन अन्धो वा दण्डात्मक नभएको अर्थ प्रदान गरेको छ। न्यायको न्याय प्रतीकलाई उपनिवेशवादी विरासतलाई छोड्दै, आधुनिक भारतमा अब कानुन अन्धो छैन भन्ने सन्देश प्रवाह गरेको व्याख्या गरिएको भारतीय सञ्चार माध्यम हिन्दूस्तान टाइम्सले जनाएको छ।

पुस्तकालयमा प्रतिस्थापन गरिएको प्रतीक प्रधान न्यायाधीश डि वाई चन्द्रचूडको निर्देशनमा परिमार्जन गरिएको हो।कानुन अन्धो छैन र सबै यसको अगाडि समान छन् भन्ने मान्यतालाई नयाँ प्रतीकले आत्मसाथ गरेको छ र ‘मूर्तिको हातमा तरवार होइन, संविधान हुनुपर्छ। जसले संविधानअनुसार न्याय पाउँछन्। तरबार हिंसाको प्रतीक हो, अदालतहरूले संवैधानिक कानुनहरू अनुसार न्याय प्रदान गर्छन्,  भन्ने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *