अमेरिकाविरुद्ध एक खेल अगाडि सुपर ओभरबाट नेपाललाई सफलता

सेयर गर्नुहोस्

४ कार्तिक, काठमाडौं – नेपालले अमेरिकाविरुद्धको टी-२० आई सिरिज एक खेल अगाडि सुपर ओभरबाट उचालेको छ।
सुरुमा ब्याटिङ गरेको नेपालले दिएको १७१ रनको लक्ष्य पछ्याएको अमेरिकाले ८ विकेटको क्षतिमा १७० रन बनाएपछि खेल सुपर ओभरमा गएको थियो। अमेरिकाविरुद्धको दोस्रो खेल सुपरओभरमा गएको हो। सिरिजको पहिलो खेल नेपालले १७ रनले जितेको थियो।

सुपर ओभरमा नेपालका लागि सोमपाल कामीले सनसनीपूर्ण बलिङ गर्दै चार बल फालेर दुई विकेट लिए। अमेरिकाले सुपर ओभरमा चार बल खेलेर ३ रनको चुनौती दिएको थियो।सुपर ओभरमा ब्याटिङका लागि पुगेका अमेरिकाका आरोन जोन्स र शायन जहाँगीरलाई सोमपालले लगातार तेस्रो र चौथो बलमा आउट गरे पछी सुपर ओभरमा तीन रनको लक्ष्य पछ्याएको नेपालले चार बल खेल्दै जित निकालेको हो। पहिलो र दोस्रो बलमा एकएक रन जोडेको नेपालले तेस्रो बल डट खेल्यो। नेपालले चौथो बलमा रन जोड्दै एक खेल अगाडि सिरिज उचालेको हो। सुपर ओभरमा कप्तान रोहितकुमार पौडेल र कुशल भुर्तेलले ब्याटिङ गरे।

अमेरिकाविरुद्ध १७१ रनको चुनौती दिएको नेपालका लागि तेस्रो क्रममा ब्याटिङमा आएका कुशल भुर्तेलले ७ चौका र ६ छक्काको मद्दतमा नटआउट ९२ रन बनाएका थिए। उनी रोचक खेलको म्यान अफ द म्याच बने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *