साफ महिला च्याम्पियनसिपमा माल्दिभ्सविरुद्ध भुटानको १३ गोल

सेयर गर्नुहोस्

८ कार्तिक, काठमाडौँ – समूह ‘बी’बाट भुटानले सेमिफाइनलमा यात्रा पक्का गरेको छ। साफ महिला च्याम्पियनसिपअन्तर्गत समूहको अन्तिम खेलमा भुटानले माल्दिभ्समाथि गोल वर्षा गर्दै सेमिफाइनल पक्का गरेको हो।

नेपालको खेल अघिसम्म भुटान समूहको शीर्ष स्थानमा रहेको छ। भुटानले आफ्नो फुटबल इतिहासकै सर्वाधिक गोल गरेको खेलमा माल्दिभ्समाथि गोल वर्षा गरेको थियो।

पहिलो हाफमै ६ गोल गरेको भुटानले दोस्रो हाफमा ७ गोल गर्‍यो। भुटानका लागि डेकी ल्हाजोम एक्लैले ५ गोल गर्दा पेमा छोदेन र डेकी याङदोनले २–२ तथा नाम्ग्याल डेमा, डेकी याङदोन, छिरिङ ल्हादेन र सोनाम छोदेनले १–१ गोल गरे।

फराकिलो जितसँगै भुटानले ३ खेलमा ७ अंकको जोडेर शीर्षस्थानमा उक्लियो। भुटानको गोल अन्तर १६ भएको छ। नेपालको २ खेलमा ४ अंक र श्रीलंकाको २ खेलमा ३ अंक छ।

अब नेपालले समूह विजेता बन्न श्रीलंकालाई कम्तीमा ६ गोल गर्नु पर्नेछ। नेपालले आजै हुने खेलमा साँझ ५ः३० बजे श्रीलंकासँग प्रतिस्पर्धा गर्दै छ। नेपालले पछिल्लो खेलमा माल्दिभ्सलाई ११–० हराउँदा भुटानले श्रीलंकालाई ४–१ ले हराएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *