“दुई करोड भोट नै ल्याए पनि भ्रष्टाचार र ठगीको मुद्दामा अनुसन्धान गर्न हिरासतमा राख्नुपर्छ”ः-एमाले सांसद रघुजी पन्त

सेयर गर्नुहोस्

१२ कार्तिक, काठमाडौं- नेकपा एमालेका सांसद रघुजी पन्तले दुई करोड भोट नै ल्याए पनि भ्रष्टाचार र ठगीको मुद्दामा पक्राउ गरेर अनुसन्धान हुनु पर्ने बताएका छन् ।

सोमबार बसेको संसदको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. चन्दा कार्की भण्डारीले संसद्को चौथो ठूलो दलको सभापति रवि लामिछाने पक्राउ पर्दा जनता सडकमा आउनु स्वभाविक भएको बताएपछि पन्तले यस्तो जवाफ दिएका हुन् ।

रास्वपा सांसद कार्की भण्डारीले २०७९ को आमनिर्वाचनमा १२ लाख मत ल्याएर सदनको चौथो ठूलो भएको दलको सभापति लामिछाने पक्राउ पर्दा जनता सडकमा आउनु स्वभाविक भन्दै यसलाई सरकारले पनि सामान्य रुपमा लिनुपर्ने बताएकी थिइन् ।

‘रास्वपाले न्यायालयलाई प्रभावित गर्न खोजेको होइन । १२ लाख नेपालीले पत्याएको दलको शुभचिन्तक भेला भएर चिन्तन गर्नु सामान्य हो’, उनले भनिन्, ‘रवि लामिछानेको मुद्दा अझैसम्म अदालतमा पुगेको छैन । प्रहरीमा मात्रै पुगेको हो । हाम्रो आन्दोलनमा गलत मनसाय छैन ।’

उनले बैठकमा सभापति लामिछाने चुनावबाट १२ लाख मतदाताले पत्याएको नेता भएको पनि जिकिर गरेकी थिइन् । संसद्‍को चौथो ठूलो पार्टीको सभापति भएकाले पनि उनलाई बाहिरै राखेर अनुसन्धान गर्नुपर्ने जिकिर उनले गरेकी थिइन् । लामिछानेलाई लाखौँ मतदाताले विश्वास गरेकाले उनको पक्षमा भइरहेको प्रदर्शनलाई सरकारले स्वभाविक रुपमा लिनुपर्ने जिकिर उनको थियो ।

सांसद भण्डारीले १२ लाख भोट ल्याएको दाबी गरेपछि एमाले सांसद पन्तले १२ लाख त के २ करोड भोट ल्याए पनि भ्रष्टाचार मुद्दामा पक्राउ र छानबिन गर्न सकिने भन्दै जवाफ दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *