आन्दोलनका क्रममा पक्राउ परेका नेता–कार्यकर्तालाई तत्काल रिहा गर्न रास्वपाको माग

सेयर गर्नुहोस्

१३  कार्तिक, काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आन्दोलनका क्रममा बालुवाटारबाट पक्राउ परेका नेता–कार्यकर्ताहरूलाई तत्काल रिहा गर्न माग गरेको छ ।मंगलबार बालुवाटारमा आन्दोलनका क्रममा केन्द्रीय सदस्य पुकार बम लगायत १५ जनाभन्दा बढी नेताहरू पक्राउ परेका छन् ।

विना शर्त तत्काल रिहा गरिनुपर्ने रास्वपा कार्यबाहक प्रवक्ता मनीष झाले विज्ञप्तिमार्फत माग गरेका छन् । विज्ञप्तिमा उल्लेख छ, ‘शान्तिपूर्ण रूपमा विरोध गर्न पाउने नागरिकको अधिकारविरुद्ध राज्य पक्षबाट भएको दुव्र्यवहारप्रति घोर भत्र्सना गर्दै गिरफ्तार भएका सबैलाई विना शर्त तत्काल रिहाइको माग गर्दछौं । शान्तिपूर्ण प्रदर्शनलाई बल प्रयोग गरेर दबाउन खोज्ने सरकारको रबैयाको निन्दा गर्दछौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *