१४ कार्तिक,काठमाडौं-साफ वुमन्स च्याम्पियनसिप २०२४ को फाईनल खेलमा नेपाली महिला राष्ट्रिय फुटबल टिमले गर्ने हरेक गोलको प्रोत्साहन स्वरुप गरिमा विकास बैंक लिमिटेडले रु. १ लाख प्रदान गर्ने छ।
साफ महिला च्याम्पियन्सिप अन्तर्गत बुधबार साँझ फाइनल खेलमा नेपाल र बंगलादेश खेल्दै छन् । काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने यो खेल साँझ साढे ६ बजेदेखि शुरु हुने छ । सेमिफाइनलमा चित-परिचित प्रतिद्धन्धि भारतलाई टाई-ब्रेकरमा ४-२ गोल अन्तरले हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको थियो ।
समुह चरण देखि नै नेपाली महिला राष्ट्रिय फुटबल टिमले उत्कृष्ट प्रदर्शन गर्दै आइरहेको छ। खेलाडीहरुलाई सम्मान र प्रोत्साहन स्वरुप फाईनल खेलमा नेपाली महिला राष्ट्रिय फुटबल टिमले गर्ने हरेक गोलमा गरिमा विकास बैंक लिमिटेडले रु. १ लाख प्रदान गर्ने भएको हो ।गरिमा विकास बैंक लिमिटेडले तत्काल प्रति गोल एक लाखको चेक खेलाडीलाई हस्तान्तरण गर्ने छ ।
नेपालले साफ च्याम्पियनसिपमा छैटौं पटक फाइनल खेल्दै छ , यस अघि ५ पटक नेपाल उपविजेता बनिसकेको छ बने यस पटक विजेता बन्ने प्रबल सम्भावना रहेको छ ।