पार्टीभित्र गुटबन्दीका कुराहरु उठ्न थालेको छ : मन्त्री गुरुङ

सेयर गर्नुहोस्

१६ कात्तिक, काठमाडौं । नेकपा एमालेका नेता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले पार्टीभित्र गुटबन्दीका कुराहरु उठ्न थालेको बताएका छन् । नेकपा एमाले बागमती प्रदेश सम्पर्क कमिटीद्वारा शुभ दिपावली २०८१ को अवसरमा आयोजित देउसी भैलो सांस्कृतिक कार्यक्रममा बोल्दै उनले पार्टीभित्र गुटबन्दीका कुराहरु उठ्दै जाँदा पार्टी कमजोर हुँदै जाने बताएका हुन् ।

उनले भने, ‘पार्टीभित्र गुटबन्दीका कुराहरु उठ्न थालेका छन् । गुटबन्दीका कुराहरुलाई रोक्नुपर्छ र परास्त गरे मात्र पार्टी बलियो हुन सक्छ । हाम्रो पार्टीभित्र अहिले चाँही गुटबन्दीका कुराहरु जुन उठिरहेका छन् त्यो हटाउनुपर्छ । समयमै ख्याल नगरे हाम्रो पार्टी त्याँ पनि बिग्रिन्छ, यता पनि बिग्रिन्छ र पार्टी नै कमजोर भयो भने केही गर्न सकिँदैन । साथै उनले हामी सबैले सचेत भएर काम गनुपर्ने बताए । उनले आत्मसमिक्षा गरेर पार्टीभित्रको समस्या समाधान गरेर समयमै अगाडि बढ्नुपर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *