१९ कार्तिक,काठमाडौं- आईसीसी विश्वकप क्रिकेट लिग–२ को एकदिवसीय शृङ्खलाको अन्तिम खेलमा नेपाल सोमवार स्कटल्याण्डसँग खेल्दैछ ।स्कटल्याण्डसँगको खेलसँगै नेपालले विश्वकप लिग टु अन्तर्गत अमेरिका भ्रमण टुंग्याउन लागेको हो । अमेरिकाको डालासमा रहेको ग्रान्ड प्रेरी स्टेडियममा खेल राति सवा दस बजे हुने छ ।
घरेलु टोलीसँगको दोस्रो खेलमा पनि पराजित भएको नेपाल जितका साथ सिरिज अन्त्य गर्ने लक्ष्यमा हुनेछ । आफ्नो पहिलो खेलमा अमेरिकासँग तीन विकेटले पराजित भएको नेपालले स्कटल्याण्डलाई पाँच विकेटले हराएको थियो । तेश्रो खेलमा नेपाल अमेरिकासँग ३७ रनले पराजित भएको थियो ।