नेपाली राष्ट्रिय पुरुष फुटबल टोली थ्री नेसन्स कपमा सहभागी हुन आज ताजकिस्तान प्रस्थान

सेयर गर्नुहोस्

२५ कार्तिक, काठमाडौं – नेपाली राष्ट्रिय पुरुष फुटबल टोली थ्री नेसन्स कपमा सहभागी हुन आज ताजकिस्तान प्रस्थान गर्दैछ । नेपाल, ताजकिस्तान र अफगानिस्तान सम्मिलित प्रतियोगिता आगामी कात्तिक २८ गते बाट सुरु हुदैछ । अखिल नेपाल फुटबल संघ एन्फाले किरण चेम्जोङको कप्तानीमा रहेको टोलीलाई हिजो साँझ बिदाइ गरेको थियो । बिदाइ कार्यक्रम बारे एन्फाले संचारमाध्यमलाई भने जानकारी गराएन् ।

एन्फाले टिम बसेकै होटलमा गएर बिदाइ गरेको हो । नेपाली टोली झापाको भद्रपुर, भारतको बागडोरा र दिल्ली हुँदै ताजकिस्तान जादैछ । आज बिहान ८ बजे ८ जना, १० बजे १४ जना र १ बजे १५ जनाको टोली भद्रपुर गएको छ।त्यसपछि एक घन्टाको बस यात्राबाट बागडोरो पुग्ने र त्यहाँबाट साँझ ६ बजे दिल्ली प्रस्थान गर्ने जनाइएको छ । टोली ताजकिस्तानका लागि दिल्लीबाट भोलि जानेछ ।

एन्फाले सुरुवातमा दुबई हुँदै ताजकिस्तान जाने बताएको थियो । खेलाडीले यसरी नजाने बताएका थिए । तर एन्फाले दुबईको फ्लाइट नभएका कारण वैकल्पिक मार्ग रोज्न बाध्य भएको जवाफ दिएको बताइएको छ । नेपालले कात्तिक २८ गते ताजकिस्तान र मंसिर एक गते अफगानिस्तान सँग खेल्ने तालिका छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *