डिल्लीबजार कारागार चलान हुदैँ गर्दा मनाङेको गुनासो “पत्रकारहरुले भात खान पनि दिएनन्”,

सेयर गर्नुहोस्

२७ कात्तिक, काठमाडौं -ज्यान मार्ने उधोगमा  दोषी ठहर पूर्वमन्त्री दीपक मनाङेले आफूलाई पत्रकारहरुले भात खान पनि नदिएको गुनासो गरेका छन् । जिल्ला अदालत परिसरमा पत्रकारहरुलाई प्रतिक्रिया दिने क्रममा मनाङेले भात खान पनि नपाएको गुनासो गरेका हुन् ।

फैसला कार्यान्वयनका लागि सीआईबीले मनाङेलाई जिल्ला अदालतमा पेस गरेको थियो । फैसला कार्यान्वयन अधिकारीले डिल्लीबजार कारागार चलान गर्न आदेश दिएका थिए ।त्यसपछि अदालतबाट बाहिरिने क्रममा पत्रकारहरुले मनाङेको प्रतिक्रिया मागेका थिए । संक्षिप्त प्रतिक्रिया दिँदै उनले ‘तिमीहरुले भात खान पनि दिएनौ क्यारे’ भनेका थिए । अदालत परिसरको भिड छिचोल्दै प्रहरीले मनाङेलाई कारागारतर्फ लगेको थियो ।

मनाङेलाई सर्वोच्च अदालतले कात्तिक २० गते ज्यान मार्ने उद्योगमा दोषी ठहर गर्दै ५ वर्षको जेल सजायँ सुनाएको थियो । उनले २ वर्ष आठ महिना कैद सजायँ भोगिसकेकाले अब बाँकी समय कारागारमा बिताउनुपर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *