काठमाडौं : प्रहरी हिरासतमा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका छन्। गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै उनले आफ्ना कानुनी व्यवसायीमार्फत् सर्वोच्चमा आज रिट दर्ता गराएका हुन्।
प्रसाईंले दायर गरेको रिट दर्ता भइसकेको अदालतका प्रवक्ता अच्युत कुईंकेलले अन्नपूर्णलाई जानकारी दिए। उनले रिटको पेशी आइतबारलाई तोकिएको बताए।‘फेक डकुमेन्ट’ को सहारामा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दुष्प्रचार गरेको र अफवाह फैलाएको आरोपमा उनलाई मंसिर ४ गते केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको हो।
विद्युतीय कारोबार ऐनअन्तर्गतको कसूरमा उनीमाथि कारवाही अगाडि बढाइने प्रहरीले जनाएको छ।सामाजिक सञ्जालमा कम्बोडियामा ओलीको लगानी रहेको भन्दै उनले सार्वजनिक गरेको कागजातमा प्रधानमन्त्री ओलीको नामसहित र नक्कली हस्ताक्षर रहेको थियो। प्रहरीले उक्त ‘फेक डकुमेन्ट’ प्रचारप्रसार गर्नेमाथि पनि निगरानी बढाएको छ।यसअघि काठमाडौं जिल्ला अदालतले प्रसाईँलाई विद्युतीय कारोबार ऐनअन्तर्गतको कसूरमा अनुसन्धान गर्नका लागि पक्राउ अनुमति दिएको थियो। लगत्तै पक्राउ परेका प्रसाईंलाई प्रहरीले नियन्त्रण लिएको थियो।। ‘फेक डकुमेन्ट’ को सहारामा प्रधानमन्त्री ओलीविरुद्ध दुष्प्रचार गरेको भन्दै प्रहरीले नियन्त्रणमा लिएर ।उनलाई विद्युतीय कारोबार ऐनको दफा ४७ अनुसारको कसुर गरेको अभियोगमा ५ वर्ष कैद सजायको मागदावीसहित यसअघि मुद्दा दायर भएको छ। उक्त मुद्दाको फैसला आउन भने बाँकी नै छ।