रास्वपाका सांसदहरु बिरुद्धको रिट हरिप्रसाद फुयाँल र बालकृष्ण ढकालको संयुक्त इजलासमा

सेयर गर्नुहोस्

९ मंसिर,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरूविरूद्ध सर्वोच्चमा दायर रिटको पेसी न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र बालकृष्ण ढकालको संयुक्त इजलासमा तोकिएको छ । अधिवक्ता अनुपम भट्टराईले अदालतको अवहेलना गरेको भन्दै रास्वपाका नेताहरु स्वर्णिम वाग्ले, मनिष झा, सुमना श्रेष्ठ, विराजभक्त महर्जन, तोसिमा कार्की, सविता गौतमलगायत १९ जना सांसदलाई विपक्षी बनाइ रिट दायर गरेका थिए ।

रिट निवेदनमा अदालतलाई दबाब दिने उद्देश्यले अभिव्यक्ति दिने, भिडलाई उचाल्दै न्याय प्रक्रियामा अवरोध गर्न खोजिएको आरोप लगाइएको छ । रिटमा पार्टी सभापति रवि लामिछाने पक्राउ परेपछि कास्कीलगायतका जिल्लामा अदालतलाई प्रभावित पार्ने गरी गतिविधि गरेको आरोप लगाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *