सौर्य एयरलाइन्स दुर्घटना : पीडितले दिए संसदीय समितिमा उजुरी

सेयर गर्नुहोस्

१३ मंसिर,काठमाडौँ । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परिवारका सदस्य गुमाएका प्रकाश खतिवडाले न्याय र छानबिनको माग गर्दै संसदीय समितिमा उजुरी दिएका छन् । सप्तरीको कञ्चनरुप नगरपालिका घर भई हाल बालकोट भक्तपुर बस्ने खतिवडाले संघीय संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा बुधबार उजुरी दिएका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गत साउन ९ गते भएको जहाज दुर्घटनाको मुख्य कारण एयरलाईन्स व्यवस्थापन पक्षको लापरवाही, प्राविधिक त्रुटि र मानवीय कमजारी भएको कारण दुर्घटना भएको खतिवडाको दाबी छ । उक्त जहाज दुर्घटनामा खतिवडाले छोरी प्रिजा खतिवडा र ज्वाइँ मनुराजको मृत्यु भएको थियो । आफ्नो दाबीलाई सरकारी आयोगको प्रारम्भिक प्रतिवेदनले समेत पुष्टि गरेको भन्दै खतिवडाले न्यायका लागि आफू एयरलाइन्स, नागरिक उड्डयन कार्यालय, पर्यटन मन्त्रालय, प्रधानमन्त्रीलगायत विभिन्न निकायमा धाएपनि छानबिन र कारबाही नभएको गुनासो गर्दै आईरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *