२२ मंसिर,कैलाली । कैलाली जिल्लाको धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाललाई थप उपचारको लागि भारतको नयाँ दिल्ली रेफर गरिएको छ । हिजो मस्तिष्कको नसामा समस्या देखिएपछि माया मेट्रो अस्पतालको आईसीयूमा राखेर उनको उपचार भइरहेको थियो । न्यूरो डाक्टर हरि पौडेलको टीमले उनको उपचार गरिरहेकोमा शनिबार दिल्ली रेफर गरिएको छ । स्वास्थ्यमा सुधार नभएपछि दिल्ली रेफर गरिएको माया मेट्रो अस्पतालले जनाएको छ ।