५ पौष, काठमाडौं । राष्टिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछाने एकै समयमा स्थापित भएका नेताहरु हुन् । बालेन काठमाडौं महानगरपालिकाका मेयर हुन भने रबि लामिछाने संघिय संसदको चौथो ठुलो दल राष्टिय स्वतन्त्र पार्टीका सभापति । यि दुबै नेताहरु गत निर्बाचन देखी नेपाली राजनितिमा उदाएका हुन । अहिले सामाजिक सञ्जालमा यि दुबै नेता युवा बर्गमा निकै चर्चित छन् । मेयर बालेन साह सामाजिक सञ्जालको माध्यमबाट आफ्नो अभिब्यक्ति दिन रुचाउछन् भने रबि लामिछाने सञ्चार क्षेत्रमा लामो समय काम गरेर राजनितिमा आएको ब्यक्ति हुन् । यि दुबै ब्यक्तिको सामाजिक सञ्जालमा पनि राम्रै समर्थक र सुभचिन्तक छन् । देशका लागी केही गर्ने हुटहुटीको साथ एकै समयमा फरक दुई क्षेत्रबाट राजनितिमा उदाएको यि दुई युवा नेताहरुकोे सम्बन्ध भन खास्सै राम्रो छैन । सामाजिक सञ्जालकै माध्यमबाट एकाएक चर्चामा आएको यि दुबै युवा नेताहरु बेलाबखत धेरै बिवादमा आउने गर्दछन् ।
अहिले रास्वपा सभापति रबि लामिछान संगठित अपराध, सम्पत्ति सुद्धिकरण र सहकारी ठगि प्रकरणको मुद्धामा गत कात्तिक २ गते देखी कास्कि प्रहरी हिरासतमा छन् । लामिछाने पक्राउ परेसंगै रास्वपाले केहि समय सम्म निरन्तर प्रदर्शन समेत गरेको थियो । लामिछाने पक्राउ परेपछि उनलाई भेट्न र सहानुभुति प्रकट गर्न बिभिन्न दलका नेताहरु समेत पुगिरहेका छन् । तर सधै सामाजिक सञ्जामा बिभिन्न स्टाटसमार्फत आफ्नो अभिब्यक्ति दिने काठमाडौ महानगरपालिकाका मेयर बालेन साहले यस बिषयमा न त कुनै स्टाटस लेखेका छन् न त केही बोलेका नै छन् । बिशेष स्रोतका अनुसार मेयर बालेनले रास्वपाले गरिरहको आन्दोलनलाई अपरिपक्व र असंयम मानिरहेका छन् । यद्यपी उनले यस बिषयमा सामाजिक सञ्जामा भने अहिलेसम्म कुनै अभिब्यक्ति दिएको छैनन् ।
मेयर बालेन र सभापति लामिछाने बिचको सम्बन्ध रबि गृहमन्त्री भएको बेला चिसिएको थियो । खासगरी खोलाको अतिक्रमण गरिएको जग्गा फिर्ता गराउने क्रममा स्थानिय र काठमाडौ महानगरपालिकाको नगरप्रहरी बिच झपड हुँदा प्रहरीले साथ नदिएको महानगरको गुणासो त्यसै समयमा छताछुल्ल भएको थियो । त्यस समयमा गृहमन्त्री रबि लामिछाने थिए । त्यसयता मेयर बालेन साहले रबि र रास्वपा प्रति बेलाबखत सामाजिक सञ्जाको माध्यमबाट घोचपेच गरिरहन्छन् । नया दलको नेताको हैसियतपनि देखियो भन्ने देखी नयाँ पुराने सबै नेता चोर हुन भन्ने सम्मका स्टाटस बालेनले लेखेका छन् । तर अहिले रबि लामिछानेको यस प्रकरणमा भने बालेनले कुनै प्रतिक्रिया दिएका छैनन् न त कुनै स्टाटस नै लेखेका छन् । अन्य दलका नेताहरुको प्रकरणमा बारम्बार स्टाटसमार्फत प्रहार गरिरहने मेयर बालेन लामिछाने प्रकरणमा भने अहिले सम्म मौन छन् । यसै बाट प्रस्ट हुन्छ कि मेयर बालेन र रास्वपा सभापति रबि लामिछानेको सम्बन्ध खास्सै राम्रो छैन ।