पर्साको बहुदरमाई नगरपालिकाको कागजात तथा फर्निचरहरुमा बिद्यार्थीहरुले गरे आगजानी

सेयर गर्नुहोस्

५ पौष, काठमाडौं । पर्साको बहुदरमाई नगरपालिकाको कागजात तथा फर्निचरहरुमा विद्यार्थीले आगजनी गरेका छन्। नगरपालिका अन्तर्गतका विद्यालयमा पठन(पाठन नभएपछि विद्यार्थीहरूले वडा नम्बर ४ बहुवरीस्थित नगरपालिका कार्यालयमा रहेका कागजात र फर्निचरहरूमा आगो लगाएका हुन्। विद्यार्थीको समूहले नगरपालिका कार्यालयमा रहेका कागजात र फर्निचरहरू कार्यालय बाहिर निकालेर आगो लगाएका छन्।विद्यालयमा शिक्षकहरू उपस्थित नभएको तथा पठन(पाठनमा समस्या भएको बताउँदै विद्यार्थीहरू आक्रोशित बनेका हुन्। उनीहरूले जनप्रतिनिधिलाई खोज्दै बिहीबार नगरपालिका कार्यालय पुगेका थिए। सो क्रममा उनीहरूले नगरपालिकाको कार्यालयमा तालाबन्दीसमेत गरेका थिए। विद्यालयमा नियमित रूपमा शिक्षक हरु हाजिर हुनुपर्ने, नियमित रुपमा पठन-पाठनको ब्यवस्था हुनुपर्ने, शिक्षकहरू अनियमित रुपमा विद्यालयमा आउने गरेको समस्या समाधान हुनुपर्नेलगायतका माग लिएर उनीहरू नगरपालिका पुगेका थिए। सोही क्रममा आगजनी गरेका हुन्। बिगत सात महिनादेखि नगरपालिकाका विद्यालयमा कार्यरत रहेका शिक्षक हरुले तलब पाएका छैनन्। सोही कारण शिक्षकहरू पनि नियमित रूपमा विद्यालय जान छाडेका छन्। नगरपालिकामा जनप्रतिनिधि र कर्मचारीबिच विवाद रहेका कारणले नगरपालिकाले आर्थिक वर्ष सुरु भएको तीन महिना ढिलो गरी गत कार्तिकमा चालु आवको बजेट ल्याएको थियो। तर बजेट खर्च गर्न दिने विषयलाई लिएर जनप्रतिनिधि र कर्मचारीबिच फेरि विवाद उत्पन्न हुँदा हालसम्म पनि बजेट खर्च भएको छैन। जसले गर्दा नगरपालिकामा कार्यरत कर्मचारीहरूले तलब भत्ता पाएका छैनन्। नगरपालिकामा विकास निर्माणका कामहरू पनि रोकिएका छन्। विद्यार्थीहरू आक्रोशित बनेपछि अहिले घटनास्थलमा प्रहरी परिचालन गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *