चन्द्रागिरीमा पानीको इनार खन्ने क्रममा पुरिएर एक जनाको मृत्यु

सेयर गर्नुहोस्

२९ माघ, काठमाडौं । पानीको इनार खन्ने क्रममा पुरिएर एक जनाको मृत्यु भएको छ । काठमाडौंको चन्द्रागिरी नगरपालिका–९ मच्छेगाउँ टौखेल शालिकमार्गस्थित एक घरमा इनार खन्ने क्रममा पुरिएर कामदारको मृत्यु भएको हो । मृत्यु हुनेमा सुनसरीको इनरुवा गाउँपालिका–५ का ४० वर्षीय लिडे उराउ रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिलराज बोहोराका अनुसार सुमित्रा शर्मा पौडेको घरको कम्पाउन्डमा निर्माणाधीन इनारमा पुरिएको उनको मृत्यु भएको हो । माथिबाट माटो खसेर पुरिएपछि अचेत भएका उनलाई तत्काल काठमाडौंको सतुंगलस्थित नेपाल एपीएफ अस्पतालमा लगिएको थियो । कामदार पुरिएको सुचना पाएसँगै नेपाल प्रहरी र सशस्त्रको विपद् व्यवस्थापनको टोली खटिएर कामदारको उद्धार गरेर अस्पताल पुर्‍याएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *