77
काठमाडौं । काठमाडौंको बानेश्वरमा ड्युटीमा खटिएकी महिला प्रहरी जवानमाथि हातपात भएको छ। मंगलबार बिहान जथाभावी बाटो काट्न खोज्ने एक युवकलाई आकाशे पुल प्रयोग गर्न आग्रह गर्दा उनले महिला प्रहरीमाथि हातपात गरेका हुन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दानबहादुर थापाका अनुसार घटनामा संलग्न जुम्लाको तातोपानी गाउँपालिका–२ घर भई हाल बानेश्वर–१० बस्दै आएका २७ वर्षीय राज कठायत पक्राउ परेका छन्।
प्रहरीका अनुसार बाटो काट्न खोज्दा महिला प्रहरी जवानले उनलाई रोक्दै आकाशे पुलबाट जान आग्रह गरेकी थिइन्। त्यसक्रममा विवाद भएपछि कठायतले प्रहरी जवानमाथि हातपात गरेको र लगत्तै उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।