बैतडीमा यात्रुबाहक बस दुर्घटना : १७ जना घाइते, बस ६० मिटर तल खस्यो

03 July, 2026 158 Views
बैतडीमा यात्रुबाहक बस दुर्घटना : १७ जना घाइते, बस ६० मिटर तल खस्यो
158

१९ असार। बैतडीमा यात्रुबाहक बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन्।

धनगढीबाट बैतडीतर्फ जाँदै गरेको सुपप्र ०१००१ ख ३९६३ नम्बरको बस शुक्रबार दिउँसो बैतडीको पाटन नगरपालिका–८ गैराखान क्षेत्रमा सडकबाट करिब ६० मिटर तल खसेर दुर्घटनामा परेको हो।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता भुवन तिमल्सिनाका अनुसार दुर्घटनामा घाइते भएका सबै १७ जनाको उद्धार गरी उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ।

दुर्घटनाको कारण भने तत्काल खुल्न नसकेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

घाइतेहरूको अवस्था र दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ।

Related Post