18
काठमाडौँ । माछापुच्छ्रे बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने ६ प्रतिशत लाभांश पारित गर्न साधारण सभा बोलाएको छ।
बैंकको २८औँ वार्षिक साधारण सभा असोज २८ गते पोखरामा बिहान ११ बजे बस्नेछ।
सभाले चुक्ता पूँजीको ३ प्रतिशत बोनस शेयर र कर प्रयोजनसहित ३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।
साधारण सभा प्रयोजनका लागि बैंकले असोज १२ गते बुकक्लोज गर्ने भएको छ। त्यसअनुसार असोज ९ गतेसम्म कायम शेयरधनीले लाभांश पाउनुका साथै साधारण सभामा सहभागी हुन सक्नेछन्।