सामसङको नयाँ Galaxy S26 FE नेपालमा, AI देखि दमदार क्यामेरासम्म

सामसङको नयाँ Galaxy S26 FE नेपालमा, AI देखि दमदार क्यामेरासम्म
17

काठमाडौँ । सामसङ नेपालले Galaxy S26 सिरिजअन्तर्गत नयाँ स्मार्टफोन Galaxy S26 FE नेपाली बजारमा सार्वजनिक गरेको छ।

One UI 9 सहित आएको यो फोनमा नयाँ Galaxy AI, ट्रिपल रियर क्यामेरा, ३ गुणा अप्टिकल जुम, Nightography र Super Steady भिडियो फिचर दिइएको छ।

यसको My Fan Camera ले भिडियो खिच्दा छनोट गरिएको व्यक्तिलाई ट्र्याक गर्दै फ्रेम मिलाउने सुविधा दिन्छ। साथै, मौसम तथा स्वास्थ्यसम्बन्धी जानकारी दिने Now Brief लाई पनि थप व्यक्तिगत बनाइएको छ।
८ जीबी र्‍याम र २५६ जीबी स्टोरेजमा उपलब्ध फोनको मूल्य १ लाख १९ हजार ९९९ रुपैयाँ तोकिएको छ।

खरिदमा ८ हजार रुपैयाँसम्म एक्सचेन्ज बोनस, ६ महिनाको Google AI Pro Subscription र शून्य प्रतिशत EMI सुविधा उपलब्ध रहेको सामसङले जनाएको छ।

Related Post