बन्दले पाेखरा सुनसान, बन्दकर्ताले गाडी ताेडफाेड गरे

सेयर गर्नुहोस्

एमसीसीकाे विराेधमा ६ दलीय गठबन्धनले आयाेजना गरेकाे नेपाल बन्दकाे असर पाेखरामा पनि परेकाे छ । बिहानैदेखि बन्दकर्ता चाेकचाेक भने बजार ठप्प प्राय छ । बन्दका कारण नगरबसहरु चलेका छैनन् । लामाे दूरीका गाडीसमेत छुटाउन नसकिएकाे पृथ्वी राजमार्ग बस प्रालिका अध्यक्ष याेगेन्द्र केसीले बताए ।

`कहाँ के हुन्छ थाहा छैन । रिस्क लिएर चलाउन सकिएन,´ उनले भने । पाेखरामा निजी गाडीहरु अलिअलि चलेका छन् । मुख्य मुख्य चोकहरूमा बाक्लो रूपमा सुरक्षाकर्मी तैनाथ गरिएको छ । बन्दकर्ताले टायर बालेर बन्दलाई कडा बनाएका छन् ।

कास्कीमा अप्रिय घटना नभएकाे र सुरक्षा ब्यवस्था कडा बनाएकाे प्रहरी प्रबक्ता सुन्दर तिवारीले जानकारी दिए ।

लेखनाथमा बन्दकर्ताले बिहान सूर्य नेपालकाे गाडी ताेडफाेड गरेका थिए । शङ्कास्पद गतिविधि गर्ने एक जनालाई  नियन्त्रणमा लिएर राखेकाे प्रहरीले जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *