सिराहमा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु

सेयर गर्नुहोस्

सिराहाको सिराहा नगरपालिका–११ पदमपुरमा मंगलबार बेलुकी भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् ।

सिराहा–चोहर्वा सडकखण्डमा मंगलबार बेलुकी ८ बजे नम्बर नखुलेको सवारी साधनले प्रदेश २–०१–००१प ६० ३५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार सिराहकै कल्याणपुर नगर्पालीका–९ डुमरीका ३४ बर्षीय लालु यादवको उपचारको क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते भएका मोटरसाइकलमै सवार अन्दाजी २५ बर्षीय रामशरण यादवको सोही अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटना लगतै सवारी साधन सहित फरार भएका चालकको खोजी भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *