काभ्रेमा बसको ठक्करबाट एकजनाको मृत्यु

काभ्रेमा बसको ठक्करबाट एकजनाको मृत्यु
32

मंसिर, काभ्रेपलाञ्चोक । काठमाडौंबाट सिन्धुलीतर्फ जाँदै गरेको अरनिको सुपर एक्सप्रेस बसले काभ्रेमा ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । बीपी राजमार्ग अन्तर्गत नमोबुद्ध–२ पातलेगाँउमा बागमती प्रदेश ०१–००६ ख ४८०८ नम्बरको बसले पैदल यात्रुलाई ठक्कर दिँदा स्थानीय ६८ वर्षीय पोस्टबहादुर कटुवालको घटनास्थलमै मृत्यु भएको जल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

त्यसको विरोधमा स्थानीयले राजमार्ग अवरुद्ध पारेका छन् । राजमार्ग अवरुद्ध भएपछि उक्त सडक भएर पूर्वतर्फ जाने सवारीसाधनहरुलाई धुलिखेलमै रोकिएको छ ।

 

Related Post